हावाहुरीसहितको वर्षा जारी, पाँच प्रदेशमा दिउँसो पनि पानी पर्ने
समाज खबर संवाददाता |
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय प्रणालीको समेत प्रभाव छ ।
आज देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू(भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाले जनायको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू(भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिकृया दिनुहोस