आज : Monday, May 20, 2024 | २०८१ जेठ ७ सोमबार

मादीबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना २ जना घाईते

समाज खबर संवाददाता |

पोखरा .   कास्कीका मादी गाउँपालिका–५ छाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४२९८ नम्बरको टिप्पर दुर्घटना हुँदा नुवाकोटका दुईजना घाइते भएका छन। 

नुवाकोट ककनी गाउँपालिका–३ घर भई पोखरा –२६ बस्ने ३५ का धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
घाइते दुवैलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीले जनाएको छ । स्यालटुडा छाचोकबाट ढुङ्गा लोड गरी  पोखरातर्फ आउँदै गरेको टिप्पर सडकबाट अन्दाजी ५ मिटर तल खसेको र  दुर्घटनापछि चालक फरार रहेकोले  खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ 

प्रतिकृया दिनुहोस