कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथको तयारी हुँदै
समाज खबर संवाददाता |
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । आज कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए । सोहीअनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भएकाले मुख्यमन्त्रीमा कार्कीलाईदनियुक्त गरेका हुन् ।
एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका थिए ।
प्रतिकृया दिनुहोस