आज : Sunday, July 26, 2026 | २०८३ श्रावण १० आइतबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख ७० हजार नाघ्यो

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।आज एकैदिन तोलामा १३ सयले बढेर हालसम्म उच्च भएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि हालसम्मै उच्च भएको छ ।आज चाँदीको मूल्य पनि तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ ।शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस