आज : Sunday, July 26, 2026 | २०८३ श्रावण १० आइतबार

स्वस्तीश्री गुरुकुलको दादागिरी, स्वीकृति नलिई विदेशी पाठ्यक्रम लाागू ,बिद्याथी र अभिभावक ठगिदै  

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौंको स्वयम्भू (सानो भया{ङ) मा रहेको  नीजि  बिद्यालय स्वस्तीश्री गुरुकुलले बिद्याथी{ र अभिभावकमाथि गम्भीर खेलवाड गदे{ ठगीरहेको छ । 
सो बिद्यालयले  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको  अनुमति नै नलिई आईबीको पाठ्यक्रम संचालन गरेर बिद्याथी{ र अभिभावकलाई ठगीरहेको हो ।  
स्वस्तीश्रीले  कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीमा भना{ लिदै पाठ्यक्रम संचालन गरेर अभिभावक र बिद्याथी{बाट लाखौ रुपैयाँ ठगी गरिरहँदा पनि सरकारी निकायको यसतफ{ ध्यान गएको छैन । संचार माध्यमहरुमा सो बिद्यालयको ठगी बारेमा समाचार आएपछि संचालकहरु संचारमाध्यममा धाएर थप समाचार नआओस भनेर आफ्नो गल्ती ढाकछोप गने{ कसरतमा लागिपरेका छन् ।   
आईबी डिपी पाठ्यक्रम के हो ?
यो कक्षा ११ र १२ को पाठ्यक्रम हो । जुन  स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अग{नाइजेसनको पाठ्यक्रम हो । यो निकै महंगो पाठ्यक्रम मानिन्छ । यो पाठ्यक्रम नेपालका बिद्यालयहरुमा पढाउन नेपाल सरकारको अनिवाय{ स्वीकृति चाहिन्छ । तर स्वस्तीश्रीले सरकारबाट अनुमति नलिइकन यो पाठ्यक्रम संचालन गरिरहेको छ । तर अन्तरा{ष्ट्रिय पाठ्यक्रमलाई मिलेमतोमा सबै अभिभावकलाई  ढाँटेर विद्याथी{को भविष्यसँग खेलवाड गरी अनुमतिबिना नै पढाइरहँदा बिद्याथी{को भविष्य र लगानी डुब्ने अवस्था आएको छ । यसप्रति अभिभावकले चिन्ता प्रकट गरेका छन् । 
सरकारी अनुमति नलिदा के हुन्छ ? 
शिक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार सरकारी अनुमतिबिना  पाठ्यक्रम सञ्चालन गदा{ समकक्षता निधा{रण हुँदैन । बिद्याथी{ले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सटि{फिकेट (एनओसी) समेत पाउने छैनन् ।
 शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले २०७२ सालदेखि बिदेशी पाठ्यक्रमलाई अनुमति दिएको छैन । तर बीचमा मन्त्रिपरिषदको निण{यबाट केही बिद्यालयले अनुमति पाएका थिए । मन्त्रालयका बिद्यालय शाखा प्रमुख कृष्णचन्द्र पोखरेलले स्वस्ती श्रीले आइबी डीपी संचालनको अनुमति नपाएको तर अनुमतिका लागि निवेदन दिएको बताए। पोखरेलले निवेदन दिएकै भरमा अनुमति नै नपाई त्यसरी बिदेशी पाठ्यक्रमको कक्षा संचालन गन{ु गैर कानुनी भएको उल्लेख गरे ।

अनुमति नपाएको बिदेशी बोड{को परीक्षा दिंदा बिद्याथी{ले छात्रबृत्तिका लागि स्वदेश तथा बिदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ । अनुमति नलिई विदेशी बोड{को पाठ्यक्रम सञ्चालन गरेका विद्यालयबाट प्रमाणपत्र पाएका विद्याथी{हरूलाई विदेशी प्रमाणपत्रका आधारमा नेपालमा समकक्षता नदिने शिक्षा मन्त्रालयको भनाई छ । 
बिद्याथी{ र अभिभावकलाई भ्रममा पारेर कक्षा संचालन गने{  शिक्षण संस्थाहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयको छ । तर यसप्रति बिद्याथी{ र अभिभावक पनि सचेत हुनुपने{ पोखरेल बताउछन् ।  आफ्ना छोराछोरी अध्ययन गने{ र गन{ लागेका बिद्यालय के कस्तो हो उसले सरकारबाट बिदेशी पाठ्यक्रम संचालन गने{ अनुमति पाएको छ कि छैन भन्ने कुरामा अभिभावक  जिम्मेवार हुनुपछ{ ।  
शिक्षा क्षेत्रका जानकारहरुपनि यसरी अनुमति नलिइ बिदेशी पाठ्यक्रम संचालन गरिनु सरासर ठगी भएको र यसले नेपालको शिक्षा क्षेत्रलाई बद्नाम गने{ हुनाले तत्काल कारवाही हुनुपने{ बताउँछन् । 
सो बिद्यालयले आफूहरुले अनुमति लिने काम भइरहेको भन्दै बिद्याथी{ तथा अभिभावकलाई झुक्याएर बिद्याथी{ भना{ गने{ गरेको स्रोतको भनाई छ । 

बिद्याथी{हरुले आईबी डिपीको कक्षामा (११र १२) मा गरी दुई वष{मा प्रति बिद्याथी{ २० लाख भन्दा बढी बुझाउने गरेका छन् । 
बिद्यालय संचालन र व्यवस्थापनको जिम्मेवारी संविधानले स्थानीय तहलाई दिएको छ । 
तर पाठ्यक्रमबारे स्थानीय तहलाई अधिकार छैन । नागाज{न नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले स्वस्तीश्रीले कक्षा १२ सम्म कक्षा संचालन गने{ अनुमति पाएको तर पाठ्क्रमका बारे आफूहरुको अधिकार नभएको बताए । उनले  पाठ्यक्रम संघीय सरकारले हेने{ भएकाले स्थानीय तहलाई जानकारी नहुने उल्लेख गरे । विश्वमा आईबी डीपि उत्तीण{ गरेका विद्याथी{हरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा भना{ हुन सहज मानिन्छ । तर स्वस्तीश्री गुरुकुलको यो ठगीले नेपालमा दक्ष जनशक्ति उत्पादन गन{ र नेपाली विद्याथी{हरूलाई विश्व बजारमा प्रतिस्पधी{ बनाउने काममा असर पान{ सक्ने बिज्ञहरुको भनाई छ । सरकारले कारवाहीको चेतावनी दिदा दिदै पनि अटेर गरेर उसले पाठ्यक्रम संचालन र बिद्याथी{ भना{ गने{ काम रोकेको छैन ।
 

प्रतिकृया दिनुहोस