आज : Sunday, July 26, 2026 | २०८३ श्रावण १० आइतबार

रास्वपा महामन्त्रीको कमाण्ड आचार्यलाई

समाज खबर संवाददाता |

काठमाडौं । रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन् ।महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्री जितेका आचार्य प्रतिनिधिसभा सदस्य हुन्। उनी यसअघि सहमहामन्त्री थिए।आचार्य रास्वपा स्थापना कालदेखिनै यस पार्टीमा आबद्ध थिए । महामन्त्रीमा पराजित मनिष झाले आचार्यलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् । 

प्रतिकृया दिनुहोस