आज : Sunday, July 26, 2026 | २०८३ श्रावण १० आइतबार

शिक्षा र स्वास्थ्यमा कर नलगाउने घोषणा

समाज खबर संवाददाता |

काठमाडौँ । सरकार स्वास्थ्य शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हटेको छ । प्रधानमन्त्री बालेन साहले स्वास्थ्य शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर अहिले बमोजिम कार्यान्वयन गर्दा आममानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको बताएका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशतका दरले समता कर लगाएका थिए । उक्त कर साउन १ गतेदेखि लागू भएको थियो ।

प्रधानमन्त्रीले भनेका छन्, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।’

प्रतिकृया दिनुहोस