आज : Tuesday, August 18, 2026 | २०८३ भदौ २ मंगलबार

भदौ २३ गते प्रधानमन्त्री शाहले जेनजी शहिदका नाममा सम्बोधन गर्नुपर्ने सांसद खतिवडाको माग

समाज खबर संवाददाता |

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले भदौ २३ गते प्रधानमन्त्री बालेन साहले सहिदका नाममा सरकारले गरेका काम कारबाहीबारे सम्बोधन गर्नुपर्ने बताएकी छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले जेनजीको बलिदानबाट बनेको सरकारले यसबारे स्पष्ट जवाफ दिनुपर्ने बताएकी हुन् । उनले जेनजी आन्दोलनका कति माग पूरा भए भन्ने देशले जान्न चाहेको बताइन् ।उनले भनिन्, ‘यस आन्दोलनबाट युवाले भ्रष्टाचार अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए, प्रधानमन्त्रीज्यूले यस दिन देशमा सहिदका नाममा सम्बोधन गर्नुहुन्छ भन्ने पूर्ण माग र आशा राखेको छु।’उनले सरकारलाई राम्रो काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र सहिद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन् ?’

प्रतिकृया दिनुहोस