आज : Saturday, August 29, 2026 | २०८३ भदौ १३ शनिबार

रसुवाको टिमुरेमा भोटेकोशीको ठूलो बाढी, सशस्त्रका ९ जना सम्पर्कविहीन

समाज खबर संवाददाता |

रसुवा । रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको छ । बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति गरेको अनुमान गरिएको छ । सशस्त्र प्रहरीले आज बिहान ९ बजेको समयमा ठूलो बाढी आएको र बाढीले गरेको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् ।भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस