आज : Saturday, July 05, 2025 | २०८२ असार २१ शनिबार

स्पेनबाट फर्किए ओली, बिमानस्थलमा बोलेनन्

समाज खबर संवाददाता |

काठमाडौं ।  सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यसक्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको स्पष्ट परेको छ ।प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको यही असार १६ देखि १९ गतेसम्म भ्रमणबाट नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए ।‘सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगको छ, साथै नेपाल र संयक्त राष्ट्रसङ्घसँगको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको छ,’– उनले भने ।परराष्ट्रसचिव राईले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता एवं सक्रियाताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको जनाउँदै अतिकम विकसित मुलुकको समूहका अध्यक्षका रूपमा धारणा प्रस्ततु गर्नुका साथै नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तरराष्ट्रिय सहयोगको आह्वान गरेको जानकारी दिए ।‘स्पेनको व्यावसायिक समुदाय र तथा प्रवासी नेपालीसँग गर्नुभएको अन्तरक्रियाबाट नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,’– उनले भने ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रधानमन्त्री ओली पत्रकार सम्मेलनमा सहभागि भएनन् । पत्रकारहरुलाई केहि प्रतिक्रिया दिएनन् । 

प्रतिकृया दिनुहोस