बिराटनगरलाई हराउँदै लुम्बीनी फाइनलमा,उपाधिका लागि सुदूरपश्चिमसंग भिड्ने
समाज खबर संवाददाता |
काठमाडौं । लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा बिहीबार भएको क्वालिफायर-२ मा विराटनगर किंग्सलाई ९४ रनमा अलआउट गरेर ४० रनले हराउँदै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो । अब उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा अलआउट हुँदै ९४ रनमा रोकियो । विराटनगरका शीर्ष ब्याटर चल्न सकेनन् भने तीन ब्याटरले मात्र दोहोरो अंकको रन बनाउन सके । ओपनरद्वय मार्टिन गप्टिल २ र फाफ डु प्लेसिस ३ रनमा आउट हुँदा तेस्रो नम्बरमा आएका लोकेश बम गोल्डेन डकआउट हुन पुगे । साम हेजलेटले ३४ रन बनाउँदै इनिङ्स उकास्न खोजेपनि अन्य ब्याटर आउट हुँदा विराटनगर हार्न पुग्यो । शंकर रानाले ७, मर्चेन्ट डे लाङ्गेले १७ रन बनाए । कप्तान सन्दीप लामिछाने र बासिर अहमदले समान ३-३ रन जोडे । नरेन भट्टले २१ रन बनाउँदा प्रतिश जिशीले २ रन लिए ।विराटनगरलाई अलआउट गर्ने क्रममा लुम्बिनीका तिलक भण्डारीले तीन विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पेलम्यानले दुई-दुई विकेट लिए । शेर मल्लको नाममा एक विकेट रह्यो ।







प्रतिकृया दिनुहोस