आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

चलचित्र ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ दिन प्रतिदिन लोकप्रिय बन्दै (भिडियो सहित)

समाज खबर संवाददाता |

काठमाण्डौं । युवा निर्देशक रमेश कोइरालाद्धारा निर्देशित सामाजिक तथा राजनीतिक विषयको चलचित्र ‘बिगुल’ मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक भएको  छ ।  चलचित्र ‘बिगुल’ को गीत सोमवार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा गायक युवराज चौलागाईँ तथा गायिका अनु चौधरीको स्वर छ । फस्र्टलूक तथा टीजरबाट दर्शकको मन जित्न सफल यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतका कलाकाको अभिनय छ ।म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको पटकथा–सम्वाद प्रदिप भारद्वाज तथा मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल तथा मनोज चौलागाईंको संगीत रहेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् । ।सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको चलचित्रको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन् ।जेनजी आन्दोलनको कथा बस्तू समेटिएको  भन्दै धेरैले यस चलचित्र  दर्शले अत्यधिक रुचाइदिने अपेक्षा पनि गरेका छन् । चलचित्र माघ ९ गतेदेखि प्रदर्शनमा आउने निर्देशक कोइरालाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस