आज : Sunday, July 26, 2026 | २०८३ श्रावण १० आइतबार

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

समाज खबर संवाददाता |

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । बुधबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल चार हजार ४२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा र चाँदी चार हजार १०५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु चार हजार २३५मा कारोबार भएको थियो ।मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो ।अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस