सुनसरी घटना छानबिनका लागि समिति गठन
समाज खबर संवाददाता |
काठमाण्डौं । सरकारले सुनसरीमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले सह सचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरेको हो । घटनाबारे गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेका थिए । स्थिति थप तनावपूर्ण हुन नदिन प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।







प्रतिकृया दिनुहोस