समाजमा सद्भाव कायम गर्न प्रधानमन्त्री वालेनको आब्हान
समाज खबर संवाददाता |
प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन)ले देशवासीका नाममा सम्बोधन गरेका छन् ।
उनले पछिल्ला दिनमा सुनसरी , सिरहा लगायतका ठाँऊमा भएका घटनाको निष्पक्ष छानबिन गरिने बताएका छन् ।
अबस्था थप नबिग्रन सरकार निरन्तर लागिपरेको पनि प्रधानमन्त्रीले बताएका छन् । उनले सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल पनि गरेका छन् । उनले सामाजिक सन्ञालमा अफवाह, भ्रम फैलाउने स्रूचनामा बिश्वास नगर्न पनि आग्रह गरेका छन । उनले भनेका छन् , देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाईआरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन।







प्रतिकृया दिनुहोस