कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
समाज खबर संवाददाता |
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । क्यान्सरसँग जुधिरहेका श्रेष्ठको उपचारका क्रममा मंगलबार दिउँसो जावलाखेलस्थित हेलिअस हस्पिटलमा निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । श्रेष्ठलाई केही दिनअघि पार्टीको वरिष्ठ नेता घोषणा गरिएको थियो ।उनी उपप्रधानमन्त्री पनि बनेका थिए । काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका थिए । २०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनका सक्रिय सहभागी थिए ।







प्रतिकृया दिनुहोस