रहेनन् जनकवि दुर्गालाल श्रेष्ठ
समाज खबर संवाददाता |
काठमाडौँ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । आइतबार राति श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिएका छन् ।कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो । पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् ।नेपाल भाषा परिषदले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको हो । नेपाल भाषामा उनका एक दर्जन भन्दा बढी कृति प्रकासित छन् ।










प्रतिकृया दिनुहोस