आज जेन- जी शहिद दिवस, सार्वजनिक विदा
समाज खबर संवाददाता |
काठमाण्डौं । सरकारले आज भदौ २३ गतेलाई जेन–जी सहिद दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आजलाई जेन–जी सहिद दिवस घोषणा गरेको हो।‘२०८३ साल भदौ २३ गते जेन–जी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने,’ बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने।सरकारले जेन–जीको नेतृत्वमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनलाई यसअघि नै जनआन्दोलनको मान्यता दिएको थियो। गत मंसिर २४ गते जेन–जी प्रतिनिधिसँग भएको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ। गत बर्ष भदौ २२ गते जेन जी आन्दोलवनका क्रममा स्कुले बालबालिका सहित ७६ जनाको मृत्यु भएको थियो । जेन -जी आन्दोलनको जगमा कांग्रेस एमालेको तत्कालिन केपी ओली नेतृत्वको सरकार हटि सुशीला कार्की नेतृत्वमा सरकार बनेको थियो । त्यो सरकारले चुनाव गराई अहिले रास्वपा नेतृत्वको सरकार बनेको हो ।







प्रतिकृया दिनुहोस