आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

कम हात धोइने देश कुन हो ?

समाज खबर संवाददाता |

काठमाडौँ । अहिले विश्व कोरोनाको महामारीविरुद्ध लडिरहेको छ । कोरोनाको भाइरस फैलिन नदिन विश्व स्वास्थ्य संगठनले हात नियमित धुन सल्लाह दिइरहेको छ । विश्व स्वास्थ्य संगठनले हातबाट भाइरसको संक्रमण फैलिने सम्भावना बढी भएकाले कम्तिमा दिनमा पाँच पटक हात धुन भनेको छ ।

अहिले हात धुने बानी नभएकाहरुका लागि यो चुनौती बनेको छ । हात नधुनेहरुले कोरोना फैलाउन मद्धत गरिरहेको बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । युनिभर्सिटी अफ बर्मिन्घमका अनुसन्धानकर्ताले केहि बर्ष अघि ६३ देशमा गरेको अध्ययनले विभिन्न देशमा रहेको हात धुने आदत बारे रिपोर्ट प्रकाशित गरेको थियो ।

६३ देशमा हरेक देशका ५ सय जनासँग लिइएको जानकारीका आधारमा चीनमा ७७ प्रतिशत मानिस शौचालय गएपछि हात धुने बानी छैन । त्यस्तै जापानमा ७० प्रतिशत र दक्षिण कोरियामा ६१ प्रतिशत तथा नेदरल्याण्डसमा ५० प्रतिशतले शौचालय गएपछि हात धुदैनन ।

त्यस्तै थाइल्याण्ड र केन्यामा ४८-४८ प्रतिशत, इटालीमा ४३ प्रतिशत, भारतमा ४० प्रतिशत, ब्रिटेनमा २५ र अमेरिकामा २३ प्रतिशतले शौचालय गएपछि हात धुदैनन ।

सो रिपोर्ट अनुसार हात धुने राम्रो बानी भएको देशमा साउदी अरेबिया सबैभन्दा अगाडी रहेको छ । साउदी अरबमा केवल ३ प्रतिशतले मात्र शौचालय गएपछि हात नधुने सो अध्ययनले देखाएको छ । यसपछि बोस्निया, अल्जेरिया, लेबनानलगायतका देशमा हात धुने बानी धेरैमा भएको देखिएको छ ।

अहिले कोरोनाको संक्रमण महामारी बनेको अवस्थामा हात धुने बानी सहयोगी हुने देखिएको छ । साबुन पानीले २० सेकेन्डसम्म हात धुनुपर्छ । अहिले कोरोनाको कारण हात धुने बानीमा विश्व व्यापी सुधार आउने देखिएको छ ।

प्रतिकृया दिनुहोस