कुलिङ पिरियड गडबडी : बन्यो संसदीय छानबिन समिति
समाज खबर संवाददाता |

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको बेइमानेबारे छानबिनका लागि संसदीय समिति गठन हुने भएको छ ।सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा सात सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । समितिमा कांग्रेस र एमालेबाट २–२ तथा माओवादी, रास्वपा र राप्रपाबाट १–१ जना सदस्य रहने उनले बताए । समितिको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । आगामी संसद बैठकमा समिति गठन हुनेछ। समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने बर्तौलाले बताए ।
प्रतिकृया दिनुहोस