एनपिलको उपाधि सुदुरपश्चिमलाई, लुम्वीनी १० विकेटले पराजित
समाज खबर संवाददाता |
काठमाण्डौं । तेस्रो संस्कर।णको एनपिलको उपाधि सुदुर पश्चिमले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा सुुदुर पश्चिमले लुम्वीनीलाई १० विकेटले पराजित गर्यो सुदुर पश्चिमको जितका लागि जर्ज मुन्सेले बिष्फोटक शतकीय पारि खेले । उनी १२५ रनमा नटआउट रहे । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदुरले १३ ओभर नसकिँदै पुरा गर्यो । यस अघिको संस्करणमा सुदुर पश्चिमलाई हराएर लुम्वीनी बिजेता बनेको थियो । विजेता बनेसँगै १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले ८० लाख रुपैयाँमा चित्त बुझायो ।







प्रतिकृया दिनुहोस