आज : Monday, November 23, 2026 | २०८३ मङ्सिर ८ सोमबार

प्रधानमन्त्री वालेन र भारतीय विदेशमन्त्री एस जयशंकरवीच भेटवार्ता

समाज खबर संवाददाता |

नयाँ दिल्ली ।  प्रधानमन्त्री बालेन्द्र शाहसँग   भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् ।   उनीहरूबीच होटल ताजमा  द्विपक्षीय भेटवार्ता भएको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन्। भेटमा जयशंकरले भोलि हुने उच्चस्तरीय भेटवार्तावारे जानकारी गराएका थिए । प्रधानमन्त्री वालेन शाहसंगको भेट सकिएपछि जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनालसंग छलफल गरेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत महामहिम सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतले स्वागत गरेका थिए। 

प्रतिकृया दिनुहोस