मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
समाज खबर संवाददाता |
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट उनले शपथ लिएका हुन् । कर्णले शुक्रबार संविधानको धारा १६८ को ३ बमोजिम सबै भन्दा ठूलो दलको हिसाबले जनता समाजवादी पार्टी नेपालका संसदिय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । यस अघि शुक्रबार ४ बजेसम्म रहेको दाबी पेशको अवधिमा कुनै पनि दलले दाबी पेश गरेको थिएन ।







प्रतिकृया दिनुहोस