आज : Monday, November 23, 2026 | २०८३ मङ्सिर ८ सोमबार

प्रधानमन्त्री वालेन नयाँ दिल्लीमा, भोली प्रधानमन्त्री मोदीसंग भेटवार्ता

समाज खबर संवाददाता |

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह दुई दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली पुगेका छन् । आइतबार अपरान्ह इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री वालेन शाहले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

प्रतिकृया दिनुहोस