आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

पोखरा महानगरका इन्जिनियर शिव बराल घुस लिएको प्रकरणमा पक्राउ

समाज खबर संवाददाता |

पोखरा ।

महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा  इन्जिनियर शिव बराल पक्राउ परेका छन् ।  पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराकोले मंगलबार पक्राउ गरेको हो ।

 चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा यसअघि नै  सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

 मंगलबार साँझ पक्राउ गरी इन्जिनियर बराललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको छ । 
चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस