आज : Monday, May 06, 2024 | २०८१ बैशाख २४ सोमबार

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन धरौटी बुझाएर रिहा

समाज खबर संवाददाता |

रुपन्देही। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश कुमार पुन आज धरौटी बुझाएर रिहा भएका छन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पुनसँग गत शुक्रबार जिल्ला अदालतले रुपन्देहीले चार लाख धरौटी मागेकोमा  धरौटी नबुझाएपछि उनी जेल चलान भएका थिए । आज शुक्रबार चार लाख रुपैयाँ धरौटी बुझाएर पुन रिहा भएका रुपन्देही प्रहरीले जानकारी दिएको छ   ।

प्रतिकृया दिनुहोस