आज : Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

हराएको १७ लाख फेला पारी धनीको हातमा लगाइयाे जिम्मा

समाज खबर संवाददाता |

पोखरा । पोखरामा बिहीबार  मनोहर पवँरले  बाटामा खसालेको १७ लाख नगद करिब २ घण्टामै प्रहरीले  फेला पारेको छ । पृथ्वी चोकमा रहेको  माता श्री ज्वेलर्सको रकम सोही ज्वेलर्समा काम गर्ने कालिगढ ४३ वर्षीय मनोहर पवँरले नयाँबजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदा बाटामै खसालेका थिए ।

मोटरसाइकलको लेगार्डमा राखिएको झोला बाटोमा खसेको चाल पाएपछि पवँर तत्कालै प्रहरीकहाँ पुगेका थिए । कास्की प्रहरी प्रमुख मोहन थापाले १ बजेको घटनामा २ घण्टामै पैसा भेटाएर धनीलाई जिम्मा लगाइएको बताए ।

भारत घर भएका ६५ वर्षीय छोटुलाल शर्माले पैसाको झोला भेटेका थिए । छोटुलालले पैसा धनीको खोजी गरिरहेको बेला प्रहरी सम्पर्कमा आएको थिए।

प्रतिकृया दिनुहोस