सरकारले भन्यो :भोटेकोसी क्षेत्रमा भूकम्पपछि हिमपहिरो झर्दा बाढी आएको प्रारम्भिक सूचना
समाज खबर संवाददाता |
काठमाडौं । सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा भूकम्पपछि हिमपहिरो झर्दा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ।बुधबार प्रतिनिधिसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८ः३७ बजे सो क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो खसेर बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।“बिहान ८ बजेर ३७ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको। त्यसका कारणले बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्,” उनले भने।मन्त्री खनालका अनुसार घटनाको वास्तविक कारण र क्षतिको विवरणबारे थप पुष्टि गर्न बाँकी छ। “त्यसलाई थप भेरिफाइ गर्नुपर्ने अवस्था छ,” उनले सदनमा भने।









प्रतिकृया दिनुहोस