आज : Wednesday, May 08, 2024 | २०८१ बैशाख २६ बुधबार

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैनः मन्त्रालय

समाज खबर संवाददाता |


काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइनसकेको जनाएको छ ।
बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहकोे भएपनि नेपालमा अणुवाङ्शिकअध्ययनगर्दा अहिलेसम्म उक्तनयाँ भेरियन्ट पुष्टि नभएको हो । 
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नयाँ भेरियन्ट फैलिनसक्ने भएकाले सजकताअपनाउनआग्रह गरे ।  उनले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमापनि फैलिनसक्ने भएकाले सजक रहनआग्रह गरेका हुन् । 
प्रवक्ता डा बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी लगायतमा मास्कको प्रयोग गर्नहुन,भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यानदिन सबैलाई अनुरोध गरेका छन् । 
मन्त्रालयले विश्वकाकेही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमापनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ।
नयाँ भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवाप्रदान गर्ने स्वास्थ्य संस्थातथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानीभइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनकालागितयारी अवस्था रहेको जनाएको छ।
 

प्रतिकृया दिनुहोस