आज : Wednesday, May 08, 2024 | २०८१ बैशाख २६ बुधबार

यसरी बचाउन सकिन्छ समुदायमा ५० प्रतिशत मुटुरोगी 

समाज खबर संवाददाता |

काठमाडौं । मुटुसम्बन्धी रोगबारे सर्वसाधारणलाई सचेत र सजग गराउन पहल गर्ने उद्येश्यले पूर्व सांसदहरुले बिज्ञ चिकित्सकबाट प्रशिक्षण लिएका छन् । पूर्व सांसद मञ्चको आयोजनामा   नेपाल जीवन संरक्षण प्रतिष्ठान संस्थाको टीमले पूर्व सांसदहरुलाई मुटु रोग खासगरि कार्डिक एट्याक हुँदा प्राथमिक उपचार गरि जीवन कसरी बचाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिएको हो  । अकस्मात बिरामी भएको अबस्थाबाट स्वास्थ्य संस्थामा पुर्याउनु अघि बिरामीको जीवन बचाउन के  गर्ने, सिपीआर कसरी दिने, एइडी ( बेसिक लाइफ सपोर्टका लागि प्रयोग गरिने मसिन)कसरी प्रयोग गर्ने लगायतका बिषयमा पूर्व सांसदहरुले उत्सुकतापूर्वक प्रयोगात्मक सहितको प्रशिक्षण लिएका थिए । नेपाल जीवन संरक्षण प्रतिष्ठानका तर्फबाट मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका प्राध्यापक डाक्टर एनेस्थेसिया बिभाग प्रमुख बिश्वास प्रधानले सरल ढंगले प्रशिक्षण दिएका थिए । उनले कतिपय देशमा बेसिक लाइफ सपोर्टको बिषय पाठ्यक्रममै राखिने गरेको जानकारी दिंदै हामीकहाँ पनि जनचेतना जगाउन जरुरी रहेको र त्यस्का लागि पूर्व सांसदहरु  उपयुक्त प्रतिनिधि बन्न सक्ने बिश्वास ब्यक्त गरे । उनले ४५ बर्ष नाघेका पुरुष र ५० बर्ष नाघेका महिलाले अनिवार्य रुपमा शारिरीक परिक्षण गराउनुपर्ने  सुझाव  पनि दिए । डा प्रधानले बेसिक लाईफ सपोर्ट गर्यो भने समुदायमा  ५० प्रतिशत मुटुरोगीलाई बचाउँन  सकिने पनि जानकारी दिए । 
पूर्व सांसदहरुले गैर चिकित्सा क्षेत्रका ब्यक्तिहरु बिद्यार्थी, शिक्षक, खेलकुद प्रशिक्षक, खेलाडी, सवारी चालक, ट्राफिक प्रहरी लगायतलाई बेसिक लाइफ सपोर्टको तालिम दिन जरुरी रहेको पनि बताए । पूर्व सांसद मञ्चका कार्यवाहक अध्यक्ष एव पूर्व राज्यमन्त्री झलकनाथ वाग्लेले यस्ता प्रशिक्षणबाट आँफूहरु निकै लाभान्वित भएको र गाँऊ गाँऊ सम्म जनचेतना फैलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व सांसद मञ्चका सचिव नरबहादुर हमाल, उपाध्यक्ष एव पूर्व मन्त्री गोबिन्द बिक्रम शाह,रामेश्वर राय यादवले प्रशिक्षण निकै फलदायी भएको बताएका थिए । 
नेपाल जीवन संरक्षण प्रतिष्ठान नेपालले मुटु जोगाऔं, जीवन बचाऔं, परिवार बचाऔं भन्ने सन्देशका साथ बिभिन्न सामाजिक संघ संस्थामा प्रशिक्षण दिने गरेको पनि कार्यक्रममा जानकारी गराइएको थियो । 

 
 

प्रतिकृया दिनुहोस