आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

आयरल्याण्ड वुल्भ्ससंग नेपाल ए को लगातार दोस्रो हार

समाज खबर संवाददाता |

काठमाडौं  । आयरल्याण्ड वल्भ्सले नेपाल ए विरुद्ध जारी ३ खेलको टि२० सिरिज एक खेल अगावै जितेको छ । शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा ४० रनको जित निकाल्दै वल्भ्सले सिरिज जित पक्का गरेको हो ।

वल्भ्सले प्रस्तुत गरेको २ सय २५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ १८ औं ओभरमा १ सय ८४ रन जोड्दै अलआउट भयो । पछिल्लो खेल २१ रनले जितेको वल्भ्स लगातार दोस्रो जितका साथ २-० को अग्रता लिन सफल भयो । अन्तिम खेल सोमबार हुनेछ ।

नेपालका लागि ओपनर देव खनालले सर्वाधिक ४७ रन जोड्दा अन्य ब्याटरले ठूलो स्कोर खडा गर्न सकेनन् । लोकेश बमले आक्रामक सुरुवात दिलाएका थिए । १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन जोडेका उनी चौथो ओभरको पहिलो बलमा आउट भए ।

कप्तान विनोद भण्डारीले पनि १३ बलमा २६ रन जोड्ने क्रममा ३ छक्का र १ चौका बनाए । उनी आउट हुँदा नेपाल ७ ओभरमा ९३-२ को स्थितिमा थियो । देव २५ बलमा ७ चौका प्रहार गर्दै बेन ह्वाइटको बलमा नवौं ओभरमा आउट भए ।

प्रतिकृया दिनुहोस