आज : Saturday, May 04, 2024 | २०८१ बैशाख २२ शनिबार

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

समाज खबर संवाददाता |

कर्णाली ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।  
मुख्यमन्त्री बनेपछि उनले विश्वासको मत लिन लागेका हुन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादीका १, राप्रपाका १ र एकजना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रको समर्थनमा कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भएको छ ।

प्रतिकृया दिनुहोस