आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

 मनकामना देवी केन्द्रित अष्ट मातृका धार्मिक सर्किटको बिकास सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न

समाज खबर संवाददाता |

 
मुग्लिङ।  हिन्दू धर्मको शाक्त सम्प्रदाय, नाथ सम्प्रदाय, काठमाण्डौ उपत्यकामा केन्द्रित नेवारी बज्रयान पराम्परा, बोधिसत्व आर्य अबलोकितेश्चर पूज्ने बौद्ध महायानी धर्मालम्बीहरुले समेत दर्शन र पूजाआजा गर्ने नेपालकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेका गोरखा जिल्लाको मनकामना भगवती र सो भगबतीको वरपर चारै दिशमा सदियौ देखि बिराजमान धर्म रक्षक र संरक्षकका रुपमा रहेका अष्ट मातृका देवीहरु चितवन जिल्लाको  ईच्छाकामना गाउँपालिकामा पर्ने ईच्छाकामना देवी, गोरखा जिल्लाको शहिद लखन गाउँपालिकमा पर्ने  त्रिवेणी, बक्रेश्चरी देवी , तन्हूँ जिल्लाको आबुँ खैरेनी गाउँपालिकमा पर्ने  छिम्केश्चरी, बूढीकन्या, अन्नपूर्ण र अकला देवीलाई एक अर्कामा जोडी धार्मिक सर्किटको रुपमा बिकास गर्ने उद्धेश्यले स्थानीय तह र सरोकारवालाहरुको बीच अन्तर संबाद कार्यक्रम सम्पन्न भएको छ। धार्मिक सर्किट बिकास अभियानको संयोजक सामाजिक अभियन्ता श्री राम बहादुर लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बहादुर थापा मगर, आँबु खैरेनी गाउँपालिकाका अध्यक्ष श्री शुक्र चुमान, ईच्छाकामना गाउँपालिकाको उपाध्यक्ष श्री माया सिलवालले आफ्नो सम्बोधनको क्रममा यस अबधाराणालाई कार्यान्बयनको क्रममा साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो। देवी परिक्रमामा आधारित धार्मिक पर्यटन, पर्या(पर्यटन, रैथाने कृषि उत्पादन र साहसिक खेल पर्यटनको  प्रचूर सम्भाबना रहेको यस क्षेत्रमा स्थानीय, प्रदेश र संघीय तीनै सरकारको सहभागिता र निजी क्षेत्रको सक्रियतामा अघि बढन आब्ह्रान गर्दे प्रमुख अतिथि बागमती प्रदेश सांसद कृष्ण प्रसाद सिलवालले  यस परियोजनालाई राष्ट्रिय स्तरको कार्यक्रमको रुपमा महत्च दिई लागू गर्न बिशेष पहल गर्ने कुरा बताउनु भयो। आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्रको रुपमा यस क्षेत्रलाई धार्मिक पर्यटनको हबको रुपमा बिस्तारित गर्ने पर्याप्त सम्भाबना बोकेको यस क्षेत्रको बिकासको निम्ति बिगत केहि समय देखि यस अभियानले बिभिन्न प्रर्बद्धनात्मक कार्यक्रमहरु संचालन गरिदै आएको छ। अन्तर संबाद कार्यक्रमका अन्य बक्ताहरुमा गण्डकी प्रदेशमा पूर्ब सांसद श्री मीन कुमारी गुरुङ, ईच्छाकामना गापाका निर्बतमान अध्यक्ष श्री गीता गुरुङ,  त्रिवेणी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष श्री सूर्य गुरुङ, ईच्छाकामना मन्दिर ब्यबस्थापन समितिका  उपाध्यक्ष श्री यान बहादुर गुरुङ, समाजसेवी एबं नेकपा एमालेका युवा नेता कुमार श्रेष्ठ हुनुहुन्थ्यो। राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, होटेल ब्यबसायी, बुद्धिजीवी, उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मशका स्थानीय  प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रमा अभियानका संयोजक श्री राम बहादुर लामाले धार्मिक सर्किटको परिचय, पराम्परा र प्रचलनका सम्बन्धमा अबधाराणा पत्र प्रस्तुत गर्नु भएको थियो। त्रिवेणी मन्दिरको जल अभिषेक गरे पश्चात मात्र मनकामना देवीको पूजाको पूर्णाहुति हुने पराम्परा रही आएको छ। 
 

प्रतिकृया दिनुहोस