आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

आजबाट हट्यो नयाँबानेश्वरदेखि माइतीघरसम्मको निषधित क्षेत्र

समाज खबर संवाददाता |

काठमाडौं । आजबाट  काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको हो ।

काठमाडौँ प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४ गते २ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी गरेको थियो ।

हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ देखि उक्त निषेध आदेश कायम नरहने सूचनामा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस