आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

आज मध्यरातिदेखि संसदको चालु अधिवेशन अन्त्य

समाज खबर संवाददाता |

काठमाडौंं । संघीय संसदको हिउँदे  अधिवेशन आजराति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।
आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराएका हुन् ।
 यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको बताएका थिए  ।
 

प्रतिकृया दिनुहोस