आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

पोखराको पेट्रोल पम्पमा आगलागी, स्कुटर जलेर ध्वस्त

समाज खबर संवाददाता |

पोखरा । 
पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा रहेको बिन्दवासिनी आयल स्टोरमा अगलागी भएको छ ।आज दिउसो करिब ४ बजे ग८प ८२१८ नम्बरको स्कुटरमा रुपा गाउँपालिका ६ बस्ने अजित खड्काको स्कुटरमा तेल भर्ने क्रममा एक्कासी आगो लागेको हो ।

आगलागीबाट स्कुटर जलेर ध्वस्त भएको छ । तत्काल आगो नियन्त्रणमा लिँदा ठूलो दुर्घटना टर्‍यो । पेट्रोल पम्पमा सामान्य क्षति पुगेको  छ ।
उक्त आगलागि नियन्त्रणमा आएको र थप जानकारी आउन बाकिँ रहेको डाडाँनाक प्रहरी चौकीले बताएको छ ।

प्रतिकृया दिनुहोस