आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

समाज खबर संवाददाता |

काठमाडौं । साताको दोस्रो दिन सोमबार  नेप्से १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ ।

 सोमबार सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन माच्छापुच्छ्रे डिबेन्चर २०८७ र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिकृया दिनुहोस