आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

आज चैत शुक्ल नवमी श्रीरामको जन्मदिन, पूजा आराधना गरी मनाइँदै

समाज खबर संवाददाता |

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् श्रीरामको जन्मदिन ।  आज देश तथा बिदेशमा रहेका  राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

 जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।    रामजानकी मन्दिरमा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज  पवित्र भएर व्रत बस्ने ,रामगीता र रामायण पाठ गर्ने , रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । 

प्रतिकृया दिनुहोस