आज : Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

गण्डकीमा मुख्यमन्त्री नियुक्ति विवादः कांग्रेसले संसद बैठक बहिष्कार गर्ने (बिज्ञप्ति सहित)

समाज खबर संवाददाता |

पोखरा। सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म नेपाली कांग्रेसले संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको  आज बसेको बैठकले नियुक्तिबारे अन्तिम निर्णय नभएसम्म संसद बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेसले सभामुख कृष्णप्रसाद धिताललाई यसबारे पत्र लेखेर जानकारी गराएको छ ।

कांग्रेसले अधिवेशन आह्वान असंवैधानिक भएको भन्दै बैठक नगर्न सभामुखलाई आग्रह गरेको छ । गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका२२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक जना स्वतन्त्र सांसदको समर्थनमा बहुमत संख्या ३१ पुर्याएर मुख्यमन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस