आज : Saturday, May 04, 2024 | २०८१ बैशाख २२ शनिबार

इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको19th INTERPOL Annual Heads of NCB Conference मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो ९एनसीबी० नेपालको प्रमुखकारुपमा सम्मेलनमा सहभागी हुँदैछन् ।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुभकामनासहित विदाइ गरे ।

वैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा हुने सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह समेत सहभागी हुँदैछन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारीमा सम्हाल्नेछन् ।

प्रतिकृया दिनुहोस