आज : Saturday, May 04, 2024 | २०८१ बैशाख २२ शनिबार

जनतामा ब्याप्त चरम निराशा चिर्नु प्रमुख चुनौति

समाज खबर संवाददाता |

काठमाडौं । आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा बैशाख ११ लाई लिने गरिन्छ ।

वि.स. २०६२÷६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।
नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौ शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइने गरिन्छ ।

सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो ।

अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।पछिल्लो समय लोकतन्त्रमा नै प्रहार गर्ने काम भएको भन्दै आलोचना हुने क्रम पनि बढेको छ । सत्तासीन पार्टीकै शीर्ष नेताबाट लोकतन्त्रको हुर्मत लिने काम भएको भन्दै चिन्ता पनि ब्यक्त गरिएको छ । लोकतन्त्र हुँदै गणतन्त्र स्थापना हुँदा पनि जनतामा देखिएको चरम निराशा चिर्न नसक्दा प्रमुख दलहरु आलोचनाको केन्द्रमा छन् । 

प्रतिकृया दिनुहोस