आज : Saturday, May 04, 2024 | २०८१ बैशाख २२ शनिबार

कतारका राजा थानी काठमाण्डौंमा

समाज खबर संवाददाता |

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।उनको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्।कतारका अमिरबाट नेपालमा पहिलोपटक यो भ्रमण भएको हो । आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।कतारी राजाको नेपाल भ्रमणका क्रममा सरकारले आज सार्वजनिक बिदा दिएको थियो । 

प्रतिकृया दिनुहोस