आज : Saturday, May 04, 2024 | २०८१ बैशाख २२ शनिबार

इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

समाज खबर संवाददाता |

काठमाडौं ।  वैशाखमा १५  हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन  र बझाङको प्रदेशसभा सदस्य निर्वाचन  उपनिर्वाचनका लागि मौन अवधि  सुरु भएको छ ।  मौन अवधिमा उम्मेदवार वा पार्टीलाई निर्वाचनको प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन १५ वैशाखभन्दा ४८ घण्टाअघि १२ वैशाख राति १२ बजेदेखि मतदानको काम नसकिएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको हो  । यो अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइएको छ ।


उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

प्रतिकृया दिनुहोस