आज : Tuesday, May 07, 2024 | २०८१ बैशाख २५ मंगलबार

काठमाण्डौंमा फेरि डेढ किलो सुन बरामद

समाज खबर संवाददाता |

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट सुनसहित सात भारतीयलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले सुनसहित नगद एक करोड ४३ लाखसमेत बरामद गरेको छ । सो रकम हुण्डीमार्फत ल्याएको प्रहरीले अनुमान गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस