आज : Wednesday, May 08, 2024 | २०८१ बैशाख २६ बुधबार

इलाम र बझाङमा मतदान जारी

समाज खबर संवाददाता |

काठमाडौं । इलाम–२ र   बझाङमा मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।इलाम–२ मा १९ जना चुनावी मैदान मा छन् भने बझाङमा ११ जना चुनावी मैदानमा छन् साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।  इलाम  २ मा एमाले नेता सुवास नेम्वाङको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।  बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिकृया दिनुहोस