आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

चिकित्सकहरुको आन्दोलन शनिबार पनि निरन्तर 

समाज खबर संवाददाता |


काठमाडौं । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले निरन्तर विरोध प्रदर्शन गरेका छन् ।

सरकारी कार्यलयहरु बन्द भएको समयमा पनि शनिबार काठमाडौंको माइतीघरमा उनीहरुले प्रदर्शन गरे । 

प्रदर्शनमा उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए । 

विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले यो विषयमा कुनै चासो नदेखाएपछि बाध्यतावश सडकमा आउनु परेको उनीहरुको भनाई छ । 
 

प्रतिकृया दिनुहोस