आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

मानसिक स्वास्थ्य गम्भीर समस्या बन्दै 

समाज खबर संवाददाता |


काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै छ । 
पछिल्लो समय मानिसहरुमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न ,रमाउन र बाँच्न नै बिर्सिन्छ । 
कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यो समस्या दिनानुदिन बढ्दै गएको छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकाक्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्या बढिरहेका छन् ।
मानसिक स्वास्थ्यलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १सय ५० भन्दा बढी देशमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । 
यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ । 
स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मानसिक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन्।
बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भँडासलाई कराएर निकाल्न मन लाग्नु मानसिक स्वास्थ्य समस्याको केही लक्षण हुन् । बढी तनाव दिनले पनि मानसिक समस्या हुनसक्छ। चिकित्सकहरुका अनुसार नेपालमा मानसिक स्वास्थ्य एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । 

प्रतिकृया दिनुहोस