आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

मानसिक स्वास्थ्य सुधार प्राथमिकतामा : प्रचण्ड 

समाज खबर संवाददाता |


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सबै सरोकारवाला क्षेत्रहरुले मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरुलाई प्राथमिकता दिनु आवश्यक भएको बताएकाछन् । 
विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधनगर्दै उनले मानसिक स्वास्थसँग सम्बन्धितअज्ञानता, अन्धविश्वास, कुरितीलाई न्यूनिकरण गर्न प्रभावकारी पहलअगाडिबढाउँनु पर्ने भन्दै यसमा सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए । 
उनले भने, ‘मानसिक स्वास्थसँग सम्बन्धीत अज्ञानता, अन्धविश्वास, कुरितीलाई न्यूनिकरण गर्न प्रभावकारी पहल अगाडिबढाउँनु पर्ने आवश्यकता छ । सबै क्षेत्रहरुले मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरुलाई प्राथमिकता दिनु आवश्यकहुन्छ।सबै नागरिकको मानसिक स्वास्थ्यको लागि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ सेवासँगै एकीकृत गर्दै लैजाने पहलकदम सरकारले अगाडि बढाएको छ ।’
उनले नर्सिङ र स्वास्थ्यशिक्षासँग सम्बन्धित ऐनमा देखिएका समस्यालाई समाधान गर्ने अठोटकासाथ अगाडि बढेको भन्दैस्वास्थ्य र शिक्षा मन्त्रालयसँग मिलेर समस्यालाई छिटै समाधान गर्ने विश्वास दिलाएका छन् । 
तर्जुमा गरेका नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न प्रभावकारी समन्वय र सहकार्य पनि आवश्यकभएको भन्दै उनले त्यसका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गर्नसरकार गम्भीर रहेको बताए । 
स्वास्थ्य सेवामा सबै नागरिकका समानपहुँच पु¥याउँने कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेपनि संविधानले परिकल्पना गरे अनुसार ऐनको व्यवस्था, नियमावली र शैली सुधार गर्ने कामअझै बाँकी रहेको पनि उनको भनाई छ । 

प्रतिकृया दिनुहोस