आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

विदेशी चलचित्रहरुसँग प्रतिष्पर्धा गर्नु चुनौतीपूर्ण : भुवन केसी 

समाज खबर संवाददाता |


काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले विदेशी चलचित्रसंग प्रतिश्पर्धा गर्न चुनौतीपूर्ण रहेको बताएकाछन् । 
शनिबार काठमाडौंमा आयोजित नेपाल चलचित्र कलाकार संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका विषयक अन्तरक्रियामा उनले नेपाली चलचित्रलाई विदेशी चलचित्रले थिचोमिचो  गरिरहेको अवस्थामा पनिचलचित्र बनाउने क्रम नरोकिएको भन्दै उनले खुसीव्यक्त गरे । 
उनले भने,‘चलचित्र गुणस्तर हुन सकेन । हाम्रो चलचित्रलाई अहिले पनि विदेशीचलचित्रले थिचोमिचो गरिरहेका छन् । यस्ता धेरै समस्या हामी वर्षौदेखी झेलीराखेकै छौं । तै पनिहामी अगाडि बढ्र्दै निरन्तर घर खेत राखेर चलचित्र बनाउने क्रममा अगाडि बढीरहेका छौं ।’
उनले आफ्नै देशमा धेरै पैसा लगानी गरेर बनाएका विदेशी चलचित्रहरुसँग प्रतिश्पर्धा गर्नु चुनौतीपूर्ण रहेको बताए । 
उनले भने ‘विदेशी चलचित्रहरुसँग हिम्मत नहारी धेरै पैसा खर्च गर्ने चलचित्रहरुको अगाडि हामीले थोरै लगानी माप्रतिश्पर्धा जारी राखीरहेका छौं । आफ्नै देशमा ठूला ठूल ाविदेशी चलचित्रहरु प्रतिश्पर्धा सामना गरिरहेका छौं त्यसैले चुनौती धेरै छन् । ’

 


 

प्रतिकृया दिनुहोस