आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

बासबारी छाला जुत्ताको जग्गा हडपेको अभियोगमा ब्यवसायी अरुण चौधरी पक्राउ 

समाज खबर संवाददाता |


काठमाण्डौं । प्रहरीले सार्वजनिक जग्गा हडपेको अभियोगमा ब्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । 
 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले व्यापारी  चौधरीलाई पक्राउ गरेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिआइबीले चौधरीलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप चौधरीमाथि छ। चौधरीलाई निवासबाटै प्रहरीले पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।अरुण चौधरी प्रतिष्ठित उद्योगी एव सांसद  बिनोद चौधरीका भाई हुन् । सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस